रिलिज नजिकिँदा तनाबमा ‘चङ्गा चेट’ निर्देशक !

फिल्म ‘चङ्गा चेट’ यहि कार्तिक १६ बाट अलनेपाल प्रदर्शन हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा दर्शकको साथ के कस्तो अनि फिल्मलाई आउने प्रतिक्रिया लिएर निर्माण टिमको ढुकढुकी बढ्नु स्वभाविक हो तर यो फिल्मका निर्देशकलाई भने कलाकारको कारण तनाब बढेको छ ।

फिल्म चल्नुको पछाडी सबैभन्दा बलियो हतियार कन्टेन्ट र प्रचार प्रसार हो । तर स्टार कलाकारहरुको जम्बो टोली समावेश फिल्मको प्रचारमा कोहि पनि कलाकार छैनन् भन्दा फरक नपर्ला ।

निर्देशक दिपेन्द्र के खनालको यतिबेला ढुकढुकी मात्रै बढेको छैन दिनहुँ तनाब पनि बढिरहेको छ । अघिल्लो हप्ता एक टेलिभजन रियालिटी शो मा आयुष्मान देशराज जोशी र सन्दीप क्षेत्रीलाई लिएर प्रचारमा देखिएका खनाल त्यसयता एक्लै जस्तो बनेका छन् ।

प्रचार प्रसारमा कलाकारको सहभागीता बारे प्रश्न गर्दा खनालले फिल्मका लिड कलाकार मध्ये प्रियंका कार्की र आयुष्मान एक फिल्मको सुटिङमा इलाममा रहेको बताए, यस्तै सन्दीप क्षेत्री आफ्नै काममा विराटनगर रहेको र सुरक्षा पन्त रुगाखोकीले आराम गरिरहेको खनालको भनाइ थियो । अर्का कलाकार रविन्द्र झा पनि अर्कै फिल्मको सुटिङमा व्यस्त छन् ।

रिलिज नजिकिँदा कलाकार साथमा नहुँदा निर्देशकलाई तनाब त बढेकै छ, निर्माता माधव वाग्ले पनि यसबाट खुशी छैनन् । त्यसो त वाग्लेको फिल्म भन्नासाथ ढुमढडाक प्रचार देखिन्थ्यो त्यो पनि यो पटक नहुँदा फिल्मको कन्टेन्ट प्रति वाग्लेको कन्फिडेन्स बढि भएको हो या ‘पर्ख र हेर’को नीतिमा उनीछन् भन्ने कौतुहलता बढेको छ । वाग्लेसँगै शर्मिला पाण्डेले यो फिल्म निर्माण गरेका हुन् ।

र यो पनिः

Loading...
Comments