भाउजु प्रियंकालाई आशिरमानले साथी बनाए, लिप किसलाई हाँसोमा उडाए (भिडियो)

फिल्म ‘ दि ब्रेकअप’का लिड कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्के यतिबेला चर्चामा छन् । कारण हो उक्त फिल्ममा समावेश केहि दिन पहिले सार्वजनिक एक गीतमा जोडिएको ‘इन्टिमेट’ दृश्य ।
केहि दिन पहिले सार्वजनिक उक्त फिल्ममा समावेश एक गीतमा यो जोडीमा मज्जैले चुम्बन दृश्य दिएको छ त्यो पनि पछिल्लो क्रममा रिलिज कुनै पनि नेपाली फिल्ममा समावेश दृश्यहरुको भन्दा दोब्बर तेब्बर लामो समयसम्म । हेमराज बिसीले यो फिल्ममा एक्सन कट गरेका छन् ।
पौष २७ बाट प्रदर्शनमा आउने ‘दि ब्रेकअप’ जोडीसँग अन्तर्वार्ता गर्दा दुबै कलाकार मज्जैले खुले, चुम्बनको अनुभव अनि सुटिङको रमाइलो पनि सुनाए । फरक प्रसङ्गमा दाजु आयुष्मान देशराज जोशी र उनकी प्रेमिका प्रियंका कार्कीको सामाजिक सञ्जालको चर्को उपस्थिती  र उनिहरुसँगको सम्बन्धको बारेमा कुरा गर्दा आशिरमा यो बिषयमा पनि गज्जबको तर्क दिएका छन् ।

Interview with Aashirman Ds Joshi and Shilpa Maskey

Interviewer: Saru Maharjan

Loading...
Comments