‘ए मेरो हजुर ३’ विजनेस रिपोर्टः कमायो ४ दिनमा ४ करोड (बक्सअफिस)

नयाँ बर्ष २०७६ को छेकोमा चैत्र २९ बाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’को निर्माण टिमले व्यापारिक कलेक्सन रिपोर्ट रिलिज गरेको छ । प्राप्त चार दिने विजनेसमा फिल्मको ग्रस कलेक्सन ४ करोड माथी छ ।

निर्माण कम्पनि सुहाना इन्टरटेन्मेन्टको तर्फबाट सार्वजनिक कलेक्सनमा फिल्मले पहिलो दिन अर्थात पहिलो शुक्रबार देशभरबाट ७५ लाखको कलेक्सन गरेको उल्लेख छ भने दोश्रो, तेश्रो र चौथो दिन क्रमशः १ करोड १४ लाख, १ करोड ५० लाख ४ ६२ लाख कलेक्सन गरेको बताइएको छ ।

समग्रमा सोमबारसम्मको फिल्मको कलेक्सन ४ करोड १ लाख सार्वजनिक गरिएको छ । शुक्रबारदेखि नयाँ बर्षको पहिलो दिन फिल्मले देशैभर आक्रामक कलेक्सन गरेको थियो । प्रदर्शनरत सबैजसो हलमा दर्शक भरिभराउ थिए ।

अनमोल केसी र सुहाना थापा स्टारर फिल्ममा सलोन बस्नेत, सरोज खनाल, रक्षा गौतम, रविन्द्र झा लगायत लिड अभिनयमा छन् । फिल्मलाई सुनिलकुमार थापाको निर्माणमा झरना थापाले निर्देशन गरेकी छिन् ।

र यो पनिः

Loading...
Comments