नयाँ फिल्मको तयारीमा जुटेका ज्योतिष हिरो हरिहरका प्रेमिल सात पोज (फोटो कथा)

युवा ज्योतिष हरिहर अधिकारीको परिचयमा यतिबेला अभिनेता पनि थपिएको छ । बृद्धदेखि युवापुस्ता सबैमाझ राम्रो फ्यान फ्लोइङ कमाएका हरिहर ‘शुभ लभ’ नामको फिल्मका हिरो बने । फिल्मले आशातित सफलता हात पार्न सकेन तर हरिहरको हिरो मोह मरेको छैन ।

हालै फिल्मीनेपालसँगको भेटमा हरिहरले नयाँ फिल्मको लागी ‘वर्कआउट’ गरिरहेको बताए । ज्योतिष पेशालाई निरन्तर अघि बढाइरहेका हरिहर डेब्यू फिल्म हेर्ने जतिपनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँछन् ।

हरिहर भन्छन्,’मेहनत र लगनशिलता हरेक व्याक्तिमा हुनु जरुरी छ, निरन्तरको प्रयास र अग्रसरता जारी राख्यो भने सफलता कहिल्यै टाढा हुँदैन ।’ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कमाएको ज्योषिय विश्वास र मायाले नै आफुले यो स्थान लिन सकेको भन्दै उनले भोलीको दिनमा पनि आफुप्रतिको विश्वासलाई मर्न नदिने र ज्योतिष पेशासँगै फिल्मी अभिनयलाई एकसाथ अघि बढाउने बताउँछन् ।

यहाँ हेर्नुहोस् उनै हरिहरका केहि प्रेमिल पोजहरुः

तश्विरः गणेश बस्याल

हरिहरसँगको भिडियो अन्तर्वार्ताः

Loading...
Comments