जापान त्यागेर मोडलिङ रोजेकी बोल्ड कविता (फोटो फिचर)

सुदुर नेपालको महेन्द्रनगरकी कविता बोहरा मोडलिङमा पाइला राख्दै गरेकी युवती हुन् । हाल राष्ट्रिय नाचघरमा अभिनय कला सिक्दै गरेकी कविता थिएटर अभिनयमा पनि सकृय छिन् ।

महेन्द्रनगरबाट जापान जाने सपना बुनेर भाषा कक्षा सिक्न काठमाडौं आएकी कविताको सपना मोडलिङमा जोडियो जब काठमाडौंमा रहेर अभिनयमा सकृय कलाकारहरुसँग सम्बन्ध जोडियो । कलाकारितामा पनि राम्रो संभावना छ भन्ने ठहर गरेपछि कविताले जापानको सपना त्यागिन्, अनि मोडलिङमा जम्ने निर्णय गरिन् ।

आफ्नो हरेक पाइलामा परिवारको साथ र समर्थन रहेको बताउने कविता कुशल कलाकारको छबि बनाउने लक्ष्यमा छिन् । भर्खरै २३ पुगेकी कविता भन्छिन्, ‘उमेर छ, समय छ, भाग्यले साथ दिँदा आफ्नो उद्देश्य अनुसारको सपना पुरा गरिछाड्छु, यसको लागी हरेक प्रकारको मेहनत र कसरतको लागी सधैं तयार छु ।’

यहाँ हेर्नुहोस् उनै कविताका केहि बोल्ड अबतारः

 

 

 

 

 

Loading...
Comments