‘क्याप्टेन’ निर्देशनमा दिवाकरमाथी भुवन केसी हाबी थिए ?

निर्देशक दिवाकर भट्टराई गत बर्षको फागुनमा फिल्म ‘क्याप्टेन’ रिलिजपछि यतिबेला फुर्सदमा छन् । तर हालै बाहिरिएको एक खबरले उनि नयाँ फिल्मको तयारीमा जुटिरहेका छन् । ‘तिमीसँगै हुने मन छ’ नाम लिएर फिल्म बनाउन लागेको समाचार मिडियाहरुमा सार्वजनिक भएका छन् ।

उक्त शिर्षकको स्कृप्टमाथी वर्कआउट गरेका दिवाकरले यो पटक फिल्म निर्देशन मात्रै गर्दै छैनन् निर्मातापनि बन्दैछन् । निर्माता बन्दैगर्दा दिवाकरले एक मिडियासँगको कुराकानीमा अब सबै निर्देशक निर्माता बन्नुपर्ने तर्क राखेका छन् । उनले भनेका छन्, ‘निर्देशक आफैं निर्माता भएपछि मात्र स्वतन्त्र भएर काम गर्न पाइन्छ ।’ जुन कुराले अरुको लगानी (अण्डर) मा काम गर्दा असहज हुने खुलाउँछ ।

दिवाकरको उल्लेखित भनाइ सार्वजनिक हुँदा उनका पछिल्ला फिल्ममा फर्किनुपर्ने हुन्छ जहाँ उनले दुई पटक त अभिनेता निर्माता भुवन केसीसँग मिलेर काम गरेका छन् । एक पटक रमेश उप्रेतीसँग ‘ऐश्वर्य’ गरे । त्यसले त उनलाई फलिफाप नै भयो, लभ पर्यो हिरोइन दीपिका प्रसाइँसँग लगनगाँठो नै कसे । त्यो पहिले उनले ‘ड्रिम्स’ मा भुवनको एशोसियट निर्देशक र फागुन रिलिज ‘क्याप्टेन’मा निर्देशकको भुमिका निभाएका थिए । उनको यो अभिव्यक्तीले पछिल्लो प्रोजेक्टमा दिवाकर कतै भुवन केसीको दबाबमा परेका त थिएनन् भन्ने तर्फ संकेत गर्छ ।

त्यसो त ‘क्याप्टेन’ निर्देशनको समयमा दिवाकरमाथी भुवन केसीमात्रै हैन सेटमै निर्मात्री रहेकी जिया केसीसम्म हाबी भएको र उनलाई सिकाउन तम्सिएको प्रकारका कुराहरु पनि गसिप बजारमा आएका थिए । त्यसैले भुवन क्याम्पबाट बाहिर निस्केर काम सुरु गर्नासाथ दिवाकरले दिएको अभिव्यक्ती कतै भुवनलाई नै त होइन ? प्रश्न उठ्नै ठाउँ छ ।

Loading...
Comments