निर्देशनमा प्रियंकाको डेब्यू, आफ्नै प्रेमीसँग यस्तो बन्यो भिडियो !

अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रियंकाले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो । बाल गायिका आयुष्का खनियाँको ‘मेरै लाहुरे’ले बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् ।

गीतको भिडियोमा प्रियंकासँगै प्रेमी आयुष्मान देशराज जोशीको अभिनय समावेश छ । अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन् । उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युव मार्फत सार्वजनिक भईरहेको छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन् । काठमाडौंमा छायाँकन गरिएको म्युजिक भिडियोमा सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोको छ ।

(शुभ मिडियाको सहयोगमा)

Loading...
Comments