‘पी आर’मा विदेश जाँदै दुर्गेश र सोनिका !

गायिका अनिता चलाउने र गायक बसन्त थापाको स्वरमा गीति भिडियो ‘विदेशको पी आर छ’ रिलिज भएको छ । गीतले ‘पी आर’ को नाममा विदेशिने युवा युवतीको कथा बोलेको छ ।

‘पी आर’को प्रलोभनमा पर्नेहरुलाई तिखो ब्यङ्ग्य गीतमार्फत गरिएको छ । प्रल्हाद सुवेदीको शब्द रहेको उक्त गीतमा संगीत बसन्त थापाको नै छ भने एरेञ्ज आशिष अबिरलले गरेका छन् । गीतको भिडियोमा मोडल तथा गायक दुर्गेश थापा र सोनिका रोकाया र कलाकार राजाराम पौडेल फिचर्ड छन् ।

बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी मौसम हिमालीको छ भने क्यामेरा अजय रेग्मीले चलाउँदा सम्पादनको काम प्रविण भट्टले गरेका छन् ।

Loading...
Comments