आर्यनलाई तनाब !

बाग्मतीमा धेरै पानी बगिसक्यो, दिन हिजोजस्तो रहेनन् । एक समय नामले हलमा दर्शक तान्ने हिरो आर्यन सिग्देललाई यतिबेला तिनै दर्शकले चिन्न पनि छोडे क्यारे, उनको करियर सङ्कटमा पर्न थालेको छ ।

चकलेटी हिरोको उपमा पाएका आर्यन लभस्टोरी जनरामा अब्बल अभिनेता गनिन्थे । सुगठित जिउडाल, लोभ्याउने मुस्कान अनि मनछुने अभिनय आर्यनको जादुमयी कला उबेला पनि थियो अहिलेपनि कायम छ । तर यो सबै नियाल्न दर्शकले इच्छा व्यक्त गरेनन् क्यारे उनको फिल्म हलमा आउँदा पहिलो दिनको पहिलो शो नै रद्ध हुने अवस्था आयो ।

गत शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘च च हुई’ को शुक्रबारकै बिहानी शो क्यान्सिल भएको सत्य त थियो, निर्माण टिमले शनिबारको रिपोर्ट हेरेर मात्र फिल्मको आयू तोक्नु भन्दैथिए । तर अवस्था उस्तै जस्तो रह्यो । पहिलो हप्ताभर दर्शकको फ्लो हलमा नदेखिँदा यो फिल्म फ्लप सुचीमा परिसकेको छ ।

यो मात्रै हैन । यसअघि रिलिज ‘कायरा’, ‘रुद्रप्रिया’, ‘हजार जुनीसम्म’ आर्यन स्टारर कुनै पनि फिल्मले लगानी उठाउनसम्म सकेनन् । यतिबेला कुन बाटोमा लाग्दा कुन बाटो हिँड्दा सफल भइन्छ भन्ने स्वयंम आर्यन पनि अनविज्ञ छन् । लभस्टोरीदेखि कमेडीसम्म टेस्ट गर्दा पनि केहि शिवाय लागेन आर्यनलाई ।

एकाध फिल्म फ्लप हुँदैमा कुनै कलाकारको भविष्य सकिएको भन्न पक्का मिल्दैन । आर्यनको जादुले काम गर्ने दिन भोली पनि आउनसक्छ । अहिले यति नै बुझ्न सकिन्छ, यो सबै असफलताले आर्यनलाई पक्का पनि बेचैन छ, तनाब छ !

Loading...
Comments