प्रेम साट्दै विराज र निकिताः ‘साङ्लो’ अफिसियल गीत रिलिज (भिडियो)

विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को अफिसियल गीत रिलजि भएको छ । केहि दिन पहिले मात्रै आगामी माघ २४ लाई प्रदर्शन मिति लक गरेको निर्माण टिमले बिहिबार गीत रिलिज गरेको हो । गीतमा विराजसँगै पुर्व मिस नेपाल निकिता चाण्डक फिचर्ड छन् ।

‘साङ्लो’ विराज र निकिता दुबैको डेब्यू फिल्म हो । निकिताले यसै फिल्मबाट पर्दामा डेब्यू गर्दा विराजले निर्देशनमा डेब्यू गरेका छन् । लभस्टोरी एक्सन जनरामा फिल्म तयार भएको छ । सार्वजनिक गीतमा राजनराज शिवाकोटी र मिलन अमात्यको स्वर छ ।

राजनराजकै शब्द संगीत रहेको ‘चरी के काफल’ बोलको गीतले टिपिकल नेपालीपना बोलेको छ । नेपाली मौलिकपना झल्काउने गीत संगीतमा राजनराज अब्बल नाम हो । राजन इशानले एरेञ्जको काम सम्हालेका छन् । कविराज गहतराजको कोरियोग्राफी छ ।

अर्जुन जिसीले सम्पादन गरेको यो फिल्मको कथा शिवम अधिकारीको हो । मानकृष्ण महर्जनले छायाँकन गरेको ‘साङ्लो’मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय सङ्ग्रौला, अमित गिरी, शिशिर भण्डारी पनि अभिनयमा छन् ।

Loading...
Comments