’सरौतो’मा सुमीको एक्सनलाई प्रशंसा

गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ’सरौतो’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । एक्सन रिभेन्ज स्टोरी रहेको फिल्मको प्रस्तुतीकरणको तारिफ सबैले गरेका छन् । यसैगरी सुमी मोक्तानको एक्सनको चर्चा पनि उत्तिकै छ । सुमीले ‘एक्सन गर्ल’ बन्न नै निकै परिश्रम गरेकी थिइन् ।

झन्डै २ वर्षको सिकाइपछि उनले आफुलाई उक्त रोलको लागि फिट बनाइन् । छायाँकार हरि हुँमागाईंको डेब्यू निर्देशन रहेको फिल्मको एक्सन र सस्पेन्सलाई विशेष गरी दर्शकले रुचाएका छन् । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मलाई सेलेब्सले पनि उस्तै प्रतिक्रिया दिएका छन् । मह जोडी, दीपकराज गिरी, केदार घिमिरे लगायतले फिल्म हेरेपछि सुमी र निर्देशक हरीको प्रयासलाई प्रशंसा गरे ।

फिल्ममा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाई रिभेन्ज स्टोरी भनिएको छ ।

Loading...
Comments