साङ्लो’ गीतलाई सुखद प्रतिक्रिया, दर्शकले खोजे विराजको एक्सन !

गत बिहिबार युट्युवमार्फत वर्ल्ड  प्रिमियर भएको विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को पहिलो गीतलाई दर्शकले मन पराएका छन् । चार दिनमा १० लाख नजिक भ्यूज पाइसकेको गीतमा व्यक्त अधिकांश प्रतिक्रिया सुखद छन् । विराज र डेब्यू गर्ल ‘पुर्व मिस नेपाल’ निकिता चाण्डकको केमेष्ट्रिलाई स्वागत गरेका छन् ।

युट्युवमा ब्यक्त साढे पाँच हजार प्रतिक्रियामा विराज र निकिताको नाममा ‘शुभकामना’का शब्दहरु ब्यक्त छन् भने ‘साङ्लो’ हेर्न ब्यग्र प्रतिक्षा पनि व्यक्त छन् । यस्तै दर्शकले फिल्मको पहिलो गीतमा प्रेमिल मूडमा देखिएका विराजलाई एक्सन अबतारमा देख्न आतुर भएको प्रतिक्रिया पनि छोडेका छन् ।

दिपेन्द्र बस्नेत नामको अकाउण्टबाट प्रतिक्रिया आएको छ, ‘कुनै दिन नेपाली फिल्मको राजा हराएर मन खल्लो भएको थियो, अहिले ब्याक आउँदा साह्रै खुशी लागेको छ ।’ ‘चरीले काफल टिप्यो’ बोलको गीतले इनिसियल प्रतिक्रिया सुखद पाउँदा अब भने फिल्मको ट्रेलर कस्तो आउँदा त्यसले इनिसियल बिजनेसको केहि हदसम्म आँकलन गराउनेछ । यो गीतलाई राजनराज शिवाकोटी र मिलन अमात्यले गाएका छन् । कविराज गहतराजले लोभलाग्दो कोरियोग्राफी गरेका छन् ।

त्यसो त निर्देशनमा विराजले डेब्यू गरेको फिल्म भएकोले दर्शक मात्र होइन फिल्म उधोगले नै ‘साङ्लो’लाई आशातित नजरले हेरेको छ । यो फिल्ममा विराज र निकितासँगै प्रकाश शाह, जयनन्द लामा, कामेश्वर चौरासिया, आरपी पन्त, लय संग्रौला, शिशिर भण्डारी लिड अभिनयमा छन् । सार्वजनिक गीत समाचार तयार पार्दासम्म नेपाली युट्युव ट्रेण्डिङको १८ औं स्थानमा छ ।

प्रेम साट्दै विराज र निकिताः ‘साङ्लो’ अफिसियल गीत रिलिज (भिडियो)

 

Loading...
Comments