अनमोललाई ‘स्टार अफ दि इयर’ अवार्ड, हिरोइनमा नम्रता उत्कृष्ट

नेपाली फिल्म अवार्डले लोकप्रियता घटाउँदै छन् । तर जहाँ होस् जस्तो होस् अवार्ड थाप्न कलाकारहरु भने मरिमेट्छन् । केहि दिन पहिले जापानमा सम्पन्न एक विवादित अवार्डको चर्चा सेलाउन नपाउँदै अमेरिकामा अर्को अवार्ड सम्पन्न भएको छ । जापानबाट सिधैं अमेरिका पुगेका सबैजसो कलाकारहरुले त्यहाँ अवार्ड थापेका छन् ।

प्राप्त जानकारी अनुसार अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठलाई आयोजकले ‘स्टार अफ दि इयर’ को अवार्ड प्रदान गरेको छ । गत बर्ष प्रदर्शनमा आएका फिल्म र दर्शकमाझ देखिएको स्टार क्रेजलाई हेरेर उक्त अवार्ड प्रदान गरेको आयोजकले बताएको छ ।

गत बर्ष अनमोल अभिनित ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ प्रदर्शनमा आएका थिए भने नम्रताले ‘प्रसाद’ फिल्मबाट मनछुने अभिनय पस्किँदै तारिफ बटुलेकी थिइन् । अभिनयको हिसाबले गतबर्ष रिलिज फिल्म मध्येबाट ‘जज’ गर्दा उत्कृष्ट काम पस्किने अभिनेतामा अनमोल पर्दैनन् । तर उनको स्टारडमको मापन गरेको भन्दै आयोजकले ‘स्टार अफ दि इयर’ घोषित गरेको छ ।

र यो पनिः

वाह अनमोल, पाए हाई हाई, नपाए बाई !

Loading...
Comments