विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ को टिजर रिलिज

– अनुकूल अर्याल

विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अफिसियल टिजर रिलिज भएको छ । केहि साता अघि फिल्मको निर्माण टीमले फस्टलुक सार्वजनिक गरि प्रदर्शन मिति समेत घोषणा गरेको थियो । टिजरमा अभिनेता विपिन कार्कीलाई मात्र देखाइएको छ ।


१ मिनेट २ सेकेण्ड लामो टिजरमा ट्राजिकोमेडीको स्वाद पाउन सकिनेछ भने फिल्ममा अभिनेता कार्कीले हांस्यकलाकारको भुमिका निर्वाह गर्नेछन् । फिल्ममा विशाल सापकोटाको निर्देशन रहनेछ भने अभिनयमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, भुवन चन्द, जीवन भट्टराई आदिलाई देख्न सकिनेछ ।

दिनेश राउतसँगै सुभाष थापा निर्माता रहेको फिल्ममा सुशन प्रजापतीकोे छायाँकन छ भने जीवन थापा सम्पादक छन् । आगामी माघ २४ गतेलाई फिल्मको रिलिज मिति तोकिएको छ ।

Loading...
Comments