पलको अङ्गालोमा बोल्ड पूजा, ‘म यस्तो गीत गाउँछु २’ अफिसियल गीत रिलिज

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक ‘तिम्रो घरको वरीपरी’ बोलको गीतमा प्रेमिल शब्द छन् । अभिनेता पल शाहको अङ्गालोमा अभिनेत्री पूजा शर्मा माया साट्दै देखिन्छिन् ।

अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतमा स्वर सोनम तोप्देन र अस्मिता अधिकारीको छ । रिदम कंडेलले एरेञ्जको काम गरेका छन् । गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहँदा छायाँकन सौरभ लामाको छ ।

आगामी फागुन २३ लाई प्रदर्शन मिति तय गरिएको फिल्ममा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लिड अभिनयमा छन् । निर्देशक थापासँगै अभिनेत्री शर्माले मिलेर फिल्म बनाएका हुन् । यो फिल्म दुई बर्ष पहिले प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल हो ।

Loading...
Comments