मिस वर्ल्ड २०१९ः अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

‘मिस वर्ल्ड २०१९’मा सहभागी हुन लण्डनमा रहेकी नेपाली चेली मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छिन् । केहि दिन पहिले मात्रै उत्कृष्ट ४० भित्र अटाउन सफल भएकी अनुष्काले बिहिबार विधागत अवार्ड तर्फ ‘मल्टिमिडिया अवार्ड’ आफ्नो पोल्टामा पारेकी हुन् ।

सामाजिक सञ्जालको भोटिङका आधारमा विजेता घोषित हुने उक्त अवार्डमा अन्य देशका प्रतिष्पर्धीलाई उछिन्दै नेपालले जितेको अनुष्काले भिडियो सन्देश मार्फत जानकारी गराएकी छिन् । भोट गर्ने सबै शुभचिन्तकहरुलाई धन्यबाद दिँदै भिडियो सन्देश मार्फत अनुष्काले खुशी साटेकी छिन् ।

भिडियो सन्देशमा अनुष्काले नेपाली झण्डा फहराउँदै आफुसँगै नेपाल र सम्पुर्ण नेपालीलाई बधाइ बोलेकी छिन् । यसअघि गत बर्षकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडाले पनि यो विधाको अवार्ड हात पारेकी थिइन् । मिस वर्ल्ड २०१९ को फाइनल पर्सी अर्थात शनिबार (१४ डिसेम्बर) मा हुँदैछ ।

Loading...
Comments