आलिया बनिन् एशियाकै सर्वाधिक सेक्सी महिला, दशौं नम्बरमा प्रियंका !

बलिउड अभिनेत्री आलिया भट्ट एशियाकै सबैभन्दा कामुक महिला घोषित भएकी छिन् । हालै गरिएको एक सर्वेक्षणका आधारमा उनलाई एशियाकै सर्वाधिक ‘सेक्सी’ महिलाको उपाधि दिइएको हो ।

बेलायती साप्ताहिक इस्टर्न आई गरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एशियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो। कामुक महिलाको ‘टप टेन’ को सुचीमा आलियासँगै बलिउड अभिनेत्रीहरुकै बर्चस्व छ ।

सार्वजनिक सुचीको दोश्रो स्थानमा बलिउड अभिनेत्री दीपिका पादुकोण छिन् भने दशौं नम्बरमा प्रियंका चोपडा अटाएकी छिन् । अघिल्लो बर्ष सर्वाधिक कामुक महिलाको ताज दीपिकाले पाएकी थिइन् । तर यो बर्ष कामुकताका दोश्रो नम्बरमा पर्दा दीपिकाले पछिल्लो दशककै कामुक महिलाको ताज भने पाउन सफल भइन् ।

उक्त उपाधी चयनको लागी आयोजक संस्थाले अनलाइन मतदान सँगै मिडिया कभरेज, सामाजिक सञ्जालका प्लेटफर्म र उनीहरुको प्रभावलाई मध्यनजर गरेको थियो भने बुधबारसम्मलाई अन्तिम भोटिङ समय राखिएको थियो ।

(तश्विरः गूगल)

यी हुन् एशियाका ‘टप टेन’ कामुक महिलाः

१. आलिया भट्ट
२.दीपिका पादुकोण
३. हिना खान
४. माहिरा खान
५. सुर्वी चावला
६. कट्रिना फेफ
७. सिभांगी जोशी
८. निया शर्मा
९. मेविश हायत
१०. प्रियंका चोपडा

Loading...
Comments