निर्देशक समाजको अध्यक्षमा रक्षासिंह १ मतले विजयी (विजेताको सुचीसहित)

नेपाल चलचित्र निर्देशक समाजको तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । चार जना प्रत्यासी रहँदा अध्यक्ष पदमा रक्षाले १ मतले बाजी मारिन् ।

निकतटम प्रतिद्वन्द्वी पुर्व अध्यक्ष समेत रहेकी सुचित्रा श्रेष्ठले ४४ मत ल्याउँदा रक्षाले ४५ मत ल्याइन् । त्यस्तै लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा राजु अधिकारीले ५८ र राजेन्द्र उप्रेतीले ६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बिजयरन्त तुलाधरले ५७ मत ल्याउँदा १ मतले पछि परे । आरविके खत्री ‘शरद’ले २१ मतला चित्त बुझाए । उता महासविच तर्फ जनकद्वीप पराजुली ६१ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी समिर बलामीले ४० मत ल्याउँदा दिनेश लिङ्देनले ११ मत ल्याए ।

सचिव पदमा अरुणकुमार प्रधान ५९ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी जनक खड्काले ३६ र विश्वमणी घिमिरेले १७ मत ल्याएका छन् । कोषाध्यक्षतर्फ समुन्द्र भट्ट निर्विरोध निर्वाचित भएकी छिन् भने सह- कोषाध्यक्षमा हरी शिलवाल निर्विरोध हुँदा बाँकी ६ सदस्य पनि निर्विरोध चयन भएका छन् ।

सदस्यतर्फ तीन बर्षे कार्यकालको लागी किशोर भण्डारी, दीपक वली, भिषण राई, राज बस्न्याल, नविन अर्याल र देवेन्द्र पाण्डे आउँदा मुख्य सहायक निर्देशक तर्फको दुई सदस्यमा सुरेश न्यौपाने र थमनसिंह पुर्जा चयन भएका छन् । चलचित्र विकास वोर्डको हलमा सम्पन्न निर्वाचनमा १ सय ३५ मत झरेको थियो भने १७ मत बदर भएको थियो ।

तश्विरः श्रीधर पौडेल

Loading...
Comments