आरसीको ‘लालपुर्जा’मा सुनिल र रक्षाको ठूम्का

आर.सी.सापकोटा र मेलिना राईको स्वर समावेश नयाँ गीति भिडियो सार्वजनिक भएको छ । ‘लालपुर्जा’बोलको गीतमा शब्द तथा संगीत रमेश परियारको छ । प्रवासमा रहेका आर.सी.सापकोटा प्रवासमा रहे पनि नेपाली गीत संगीतलाइ माया गर्दै आएका छन् ।

उनले प्रवासमा रहेर पनि थुप्रै गीतमा आफ्नो आवाज दिई सकेका छन् । सार्वजनिक गीत ‘लालपुर्जा’मा सुनिल क्षेत्री र रक्षा श्रेष्ठलाई देख्न सकिन्छ । टंक केसीले छायाँकन गरेका छन् ।

अराज केशबले सम्पादन गरेको भिडियोमा सुनिल न्युरेलेको निर्देशन छ । डान्सिङ फ्लेभरको गीतले प्रेमभाव बोल्छ ।

Loading...
Comments