कोरोना प्रभावः नेफ्टा अवार्ड अनिश्चित, आयोजकले माग्यो माफी

विश्वब्यापी रुप लिँदै गएको कोरोना भाइरसको प्रत्यक्ष असर नेपाली फिल्म क्षेत्रलाई पनि परेको छ । चलचित्र निर्माता संघ र चलचित्र प्राविधिक संघले फ्लोरमा रहेका फिल्मको छायांकन स्थगनको माग गरिरहँदा रिलिजको लागी तयार फिल्महरुले प्रदर्शन स्थगित गरिरहेका छन् ।

यो बीचमा अर्को महिना अर्थात चैत्रलाई तोकिएको नेफ्टा फिल्म अवार्ड पनि अनिश्चित बनेको छ । आयोजक चलचित्र प्राविधिक संघ ‘नेफ्टा’ले एक विज्ञप्ति सार्वजनिक गर्दै फागुन २७ लाई तय भएको मनोनयन सार्वजनिक कार्यक्रम पनि यथास्थितिमा गर्न आफुहरु असमर्थ बनेको जनाएको छ । अवार्ड संयोजक सुष्मा पौडेल (गीता)ले सार्वजनिक गरेको विज्ञप्तिमा निर्धारित कार्यक्रम अनुसार फागुन २७ लाई तय भएको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम र चैत्र २२ लाई तय भएको अवार्ड कार्यक्रम यथास्थितिमा गर्न असमर्थ छौं ।

निर्धारित कार्यक्रम स्थगित गर्नपर्दा दर्शक, कार्यक्रम आयोजक, प्रायोजक लगायत सुभेच्छुक संघ संस्था र प्रतिनिधिहरुप्रति क्षमाप्रार्थी छौँ, विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको छ तिथी र मिति परिवर्तन भए पनि अर्को मितिमा सभ्य र भव्य रुपमा कार्यक्रम गर्ने प्रतिवद्धता जनाउछौं ।’

नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा यो वर्ष भ्रमण बर्षलाई लक्षित गर्दै नेपालमा नै अवार्ड कार्यक्रम आयोजना हुने तय भएको थियो । कोरोना पर्भावका कारण सरकारले भ्रमण बर्षलाई समेत स्थगित गरिसकेको छ ।

Loading...
Comments