८ बर्षपछि मोडलिङमा नरेशको कमब्याक, रेविकासँग कति जम्यो केमेष्ट्रि ? |भिडियो

चर्चित सञ्चारकर्मी नरेश भट्टराई स्टारर गीति भिडियो ‘बाटोको काँडा..’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक प्रेस भेटघाटका बीच भिडियो वर्ल्ड प्रिमियर गरियो । भिडियोमा नरेशसँगै अभिनेत्री मोडल रेविका गुरुङ फिचर्ड छन् ।

डेढ दर्जनबढि भिडियोमा मोडलिङ गरिसकेका नरेशले यो गीतमार्फत ८ बर्षपछि मोडलिङमा पुनरागमन गरेका हुन् । सञ्चारकर्मीहरुको जिज्ञाशामा उनले अर्को बर्ष फिल्ममा पनि देखिँदै गरेको रहस्य खुलाए । नरेश पछिल्लो दुई दशकदेखि सञ्चारकर्मसँगै गीत रचनामा सकृय छन् भने पछिल्लो बर्ष फिल्म ‘बोवी’को स्कृप्ट र स्कृनप्ले लेखनमा निर्देशक मिलन चाम्ससँग साझेदारी गरेका थिए ।

सपनकुमार राईको स्वर रहेको गीतमा शब्द र संगीत ताराप्रकाश लिम्बुको छ । साहश शाक्यले एरेञ्जको काम गरेका छन् । चाम्स इन्टरटेन्मेन्टको तर्फबाट रिलिज गरिएको भिडियोमा सम्पादन प्रज्वलित पराजुलीको छ । रामकुमार केसीको छायांकन छ ।

Loading...
Comments