हमालसँगको मिटिङले तनाबमा निखिल !

बुधबार बिहानदेखि मिडियामा चर्चा छ अभिनेता निखिल उप्रेती र राजेश हमालबीच टिमअपको समाचार । लामो समयपछि हमाल त निखिल एकसाथ फिल्ममा देखिँदै गरेको दाबी सहितका समाचार आइरहेका छन् । तर निखिलले भने यो समाचारको खण्डन गरेका छन् ।

फिल्मीनेपालसँगको कुराकानीमा निखिलले भने, ‘अनलाईनमा समाचार पढेर मेरो र राजेश जीको टिमअपबारे थाहा पाएँ, आश्चर्य मान्दै उनले थपे, ‘सामान्य भेटघाट हो, कफी खाएको सत्य हो फिल्म खेल्नेबारे कुरा भएको छैन ।’ निखिलको दाबीलाई पत्याउँदै गर्दा हमाल र निखिलबीच तत्काल टिमअप हुने छाँट देखिँदैन । तर विश्वस्त श्रोतका अनुसार भने हमाल र निखिलबीचको भेटघाटमा फिल्म गर्ने विषयमा नै कुरा चलेको थियो । जहाँ हमाल पनि सकारात्मक बनेका थिए ।

निखिलले भने मिडियाहरुमा आएको समाचारले तनाब बढाएको दाबी गरेका छन् । ‘म कुन उद्देश्यमा हिँड्छु, के गर्दैछु पहिला मैले थाहा पाउने कुरा हो, निखिल भन्छन्, ‘राम्रो स्कृप्ट र राम्रो टिम सहित काम गर्ने सत्य हो तर त्यो स्कृप्टमा हमाल जी हुनुहुन्छ या हुनुहुन्न अहिले नै टुंगो छैन ।’ हाल प्रि प्रोडक्सनको काम चलिरहेको भन्दै छिट्टै नै मिडियामाझ सबैकुरा सार्वजनिक गर्ने निखिलले बताएका छन् ।

केहि बर्ष मुम्बई बसेपछि निखिलले आफ्नै निर्देशनमा ‘भैरव’ फिल्म बनाउँदै नेपाली पर्दामा पुनरागमन गरेका थिए । उक्त फिल्मको एक्सनले राम्रै चर्चा पनि पाएको थियो । तर त्यसयताका उनका फिल्म वक्सअफिसमा कमजोर बनिरहँदा टिम फिल्म दिने च्यालेञ्ज निखिललाई छ ।

Loading...
Comments