चलचित्र पत्रकार संघमा सिटौलाको नेतृत्व

चलचित्र पत्रकार संघ नेपालको ८औं महाधिवेशनबाट दिनेश सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सिटौलाले प्रतिद्वन्द्वीहरु डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै विजयी भए ।

उपाध्यक्ष कार्यक्रमतर्फ जीवन पराजुली विजयी भए भने संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्विरोध चयन भए, त्यस्तै महासचिवमा समिर बलामी विजयी भएका छन् । सचिव पदमा रघुनाथ सापकोटाले बाजी मारे । समावेशी सचिवमा विशाल राई निर्विरोध चयन भए ।

कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध चयन भए भने सह-कोषाध्यक्षमा विनोद पोखरेलले जित हासिल गरे । सदस्य तर्फ नविन गिरी, मनिष दाहाल (अन्जान), गोपीकृष्ण चापागाईं, मिलन ढुंगाना, आशिष ओली, सृष्टि पोखरेल विजयी भए । सुरक्षा भट्टराई (महिला सदस्य) पदमा निर्विरोध हुँदा दीपक गुरुङ (समावेशी) पनि सदस्य पदमा निर्विरोध चयन भएका थिए । तीन बर्षको लागी चलचित्र पत्रकार संघ नेपालले नयाँ कार्यसमिति पाएको हो ।

Loading...
Comments