बिहिवार, आश्विन २२ गते २०८३
images
images

‘अक्षरा’को वियोगान्त गीतमा सुशील, न्यान्सी र रिस्ताको प्रेम रोदन |भिडियो

बुधवार , आश्विन २१, २०८३

काठमाडौं। प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा फिल्म ‘अक्षरा’को वियोगान्त गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्ममा समावेश गीत ‘भाग्यले होकी’रिलिज गरेको हो। यो फिल्म यहि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।

सार्वजनिक गीतको भिडियोमा फिल्ममा मुख्य तीन कलाकार न्यान्सी खड्का,सुशील सिटौला र रिस्ता अधिकारी फिचर्ड छन्। गीतमा कलाकारहरूको वियोगान्त क्षणहरू प्रस्तुत गरिएको छ। 

उक्त गीतमा रचना रिमालको स्वर रहेको छ भने शब्द सुरेन्द्र रानाको छ। संगीत कर्णराज गिरीले भरेका छन्।  भिडियोमा कोरियोग्राफी रामजी लानिछानेको छ। 

‘अक्षरा’मा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।