काठमाडौं। दशैं पर्वको अबसर पारेर शुक्रबरबाट दुई नेपाली चलचित्र 'आ बाट आमा २' र '१२ गाउँ २' प्रदर्शनमा आएका छन् । दर्शक आफ्नो पक्षमा पार्ने रस्साकस्सी र सामाजिक सञ्जालमो शीतयुद्धपछि यी चलचित्र एक आपसमा आमने सामने जस्तै भएका छन् ।
'आ बाट आाम २'
चन्द्र पन्तको निर्देशन रहेको यो चलचित्र पारिवारिक चलचित्र हो । पर्वको समयमा पारिवारिक विछोड र सन्तानको आमा प्रेमलाई भावुकताका साथ देखाइएको प्रचार सामग्रीहरू बोल्छन् ।
चलचित्रमा कथा तथा पटकथा निर्देशक पन्तसँगै भट्टको छ । यो चलचित्रमा पल शाह,मलिका महत, आकाश श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा प्रमुख अभिनयमा छन् ।
'१२ गाउँ २'
एक्सन जनराको चलचित्र २ वर्षपहिले रिलिज हिट '१२ गाउँ'को सिक्वेल हो । विराज भट्ट निर्देशित चलचित्रमा विराज नै लिड अभिनयमा छन् भने उनका पुत्र समीर भट्ट चलचित्रका प्रमुख आकर्षण हुन् ।
यो चलचित्रमा विराज र समीरसँगै अनुपविक्रम शाही, प्रकाश शाह, खुशी कार्की, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ । वर्षा इटानी र काफिया शाही 'कृशु'ले यो फिल्मबाट डेब्यू गर्दैछन् ।
फ्यान बुकिङ बाहेक दुबै चलचित्रको अग्रिम बुकिङ उत्साहित देखिएको छैन । शुक्रबार दिउँसो सुरू भएसँगै चलचित्रप्रति दर्शकको क्रेज बढ्ने विश्वासमा दुबै चलचित्रका निर्माण कम्पनि छन्। बिहानी शोजहरूबाटै कलाकार हल लगेर दर्शक भेटाउने र मिडिया प्रचार गर्न दुबै फिल्म अगाडी देखिइसकेका छन् ।