शुक्रवार, कार्तिक ७ गते २०८३
images
images

निरुता सिंह स्टारर 'सारथी' सस्पेन्स टिजर सार्वजनिक |भिडियो

मंगलवार , कार्तिक ४, २०८३

काठमाडौं। फिल्म‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पात्रको उपस्थिति सस्पेन्स छ । टिजरमा अभिनेत्री निरुता सिंह र अभिनेता गिरि विश्वकर्मा फिचर्ड छन् ।

टिजरमा लालटिन बोकेर जङ्गलतर्फ लागेका गिरिको रहस्यमय यात्रालाई प्रस्तुत गरिएको छ । कुमार गजुरेलको निर्देशनमा बनेको यो फिल्म आगामी मंसिर ११ मा प्रदर्शनमा आउँदैछ ।

यो फिल्मबाट पुराना अभिनेता उत्तम प्रधान लामो समयपछि रजतपटमा पुनरागमन गर्दैछन् । निरुता, गिरि र उत्तमसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । फिल्म सम्पादक तारा थापा 'किम्भे' यो फिल्मका प्रस्तुतकर्ता हुन् ।

संकल्प भुजेलको छायांकन रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ । आरआर फिल्मस्‌ले 'सारथी'लाई प्रदर्शन तथा वितरण गर्नेछ ।