बुधवार, आश्विन २१ गते २०८३
images
images

निशान र अस्मिताको 'तिम्रो मायामा': विजयसँग भुतुक्कै अमिता र मेघा |भिडियो

सोमवार , आश्विन १९, २०८३

काठमाडौं।  गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वर समावेश गीत 'तिम्रो मायामा' सार्वजनिक भएको छ । प्रोडक्सन कम्पनि त्रीएबी इन्टरटेन्मेन्टले प्रेमभाव बोल्ने उक्त गीतको भिडियो युट्यूवमार्फत सार्वजनिक गरेको हो ।

गीतमा डिबी खनालको शब्द समावेश छ भने संगीत संयोजन शंकर स्माइलको छ । फिल्म निर्देशक वसन्त निरौंलाले उक्त गीतलाई भिडियोमा उतारेका छन् ।

रमणीय स्थल कुलेखानी आसपास छायांकन गरिएको गीतको भिडियोमा अमिता पौडेल, विजय कार्की र मेघा पोखरेल फिचर्ड छन् । विजयप्रति मेघाको मनमा प्रेमको मुना पलाइरहँदा त्यो प्रेम कल्पनामै सिमित रहेको भाव भिडियोमा देखाइएको छ ।

गीतको भिडियोलाई श्याम तामाङले छायांकन गरेका भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । सैमान राजभण्डारीको कोरियोग्राफीमा तयार भिडियोमा श्रृङ्गार  शृष्टि थापा मगरको छ।
गीत हेर्नुहोस्: