बिहिवार, मंसिर ४ गते २०८३
images
images

‘मिस युनाइटेड नेसन नेपाल २०२६’ को ताज स्नेहा राउतलाई

बिहिवार , आश्विन १, २०८३

काठमाडौं। अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस युनाइटेड नेसन २०२६’मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन् । ग्रीन आट्र्स मिडिया प्रा.लिले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज पहिर्याउदै प्रतियोगीताको आधिकारिकता दिएको हो । 

sneha raut1.jpg

आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा हुने उक्त प्रतियोगीतामा नेपालको तर्फबाट राउत एक्लो प्रतिनिधि हुनेछिन् । ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन् ।

sneha raut.jpg

कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य तथा चर्चित फोटोग्राफर महेश प्रधान, चर्चित फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ, ग्रीनआर्ट मिडियाका सिइया प्रवीण प्रसाद लाकौललगायतले राउतालाई ताज पहिर्याउदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमा उच्च राख्न शुभकामना  दिए ।

sneha raut2.jpg

कार्यक्रममा फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठले भारतमा आयोजना ‘मिस युनाइटेड नेसन २०२६’मार्फत राउतलाई अन्तराष्ट्रिय क्षेत्रमा नेपाल नेपाल चिनाउने अवसर प्राप्त भएको बताइन् । श्रेष्ठले प्रतियोगीका लागि राउतालाई व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारीमा आफुले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिइन् ।

 sneha raut3.jpg

कार्यक्रममा फेसन, मनोरञ्जन, फोटोग्राफी, कला तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । राउतले अन्तर्राष्ट्रिय  प्रतियोगीतामा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताइन् । 

sneha raut4.jpg