शनिवार, भाद्र २७ गते २०८३

सुष्माको 'छड्के तिलहरी'मा पवित्राको छमछमी |भिडियो

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । भोटेकोशी बाढीको विपद्पछि नेपाली मनोरञ्जन क्षेत्र विस्तारै तङ्ग्रिँदै छ । सर्जकहरूले पीडालाई मल्हम लगाउने विभिन्न सहयोगलाई निरन्तर दिईरहेका छन् भने चलचित्र र संगीतसँग जोडिएका सामग्रीहरू पनि क्रमिक रूपमा दर्शक श्रोतामाझ ल्याउँदैछन् ।

हिन्दु नारीहरूको महान पर्व मानिने तीज पर्व नजिकिँदै गर्दा यो चाडसँग सम्बन्धित विभिन्न सामग्रीहरू पनि यतिबेला दर्शक श्रोतामाझ आउने क्रम बढ्दो छ । यो बीचमा सुष्मा गुरुङको स्वर समावेश तीज गीत 'छड्के तिलहरी' सार्वजनिक भएको छ ।

युट्यूवमा सार्वजनिक उक्त गीतको भिडियोमा अभिनेत्री तथा कोरियोग्राफर, मोडल पवित्रा आचार्य 'पावला'ले कम्मर मर्काएकी छन् । कोरसहरूको साथमा नेपाली संस्कृति झल्किने पहिरनमा सजिएकी पवित्राको अपोजिटमा रामेश्वरजङ्ग केसी देखिन्छन् ।

डिपी खनालको शब्दमा तयार गीतमा संगीत ताराप्रकाश लिम्बुको छ भने राजन इशानको एरेञ्ज समावेश छ । भिडियोतर्फ सुशिल डांगीको सम्पादन रहँदा सुनिल राउतको छायांकन छ । पवित्रा आचार्यकै कोरियोग्राफी समावेश गीतको भिडियोलाई तारावीर पाण्डेले निर्देशन गरेका छन् ।

गीत हेर्नुहोस्: