शनिवार, भाद्र २० गते २०८३

प्रियंकाको प्रशंसनीय काम: भोटेकोशी पीडितलाई जुटाइन् यति धेरै सहयोग

सोमवार , भाद्र १५, २०८३

काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले भोटेकोशी बाढि पीडितको घाउमा मल्हम लगाउन आफ्नो प्रयास निरन्तर देखाएकी छिन् । 

1200_100 (1).jpg

सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै प्रियंकाले प्रभावित ठाउँमा विभिन्न अत्यावश्यक सामग्री पठाउन लागिएको जानकारी गराएकी छिन् ।

priyanka karki.jpg

प्रियंका लेख्छिन्, 'हामीलाई प्राप्त भएका अत्याधिक सहयोग र दानका लागि हामी हृदयदेखि नै अत्यन्तै आभारी छौँ। सहयोग गर्नुहुने सबैजनालाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद।' हाम्रा टोलीहरूले अब प्राप्त सामग्रीहरूलाई ध्यानपूर्वक वर्गीकरण गर्नेछन् र अहिलेसम्म राहत नपुगेका प्रभावित क्षेत्रहरूमा ती सामग्रीहरू पुग्ने कुरा सुनिश्चित गर्नेछन्।

baa ek yoddha.jpg

उनले प्रत्येक सहयोगको ठूलो महत्त्व रहने भन्दै आफुसँग एकजुट भएर उभिने सबैलाई धन्यवाद पनि दिएकी छिन् । प्रियंकाको निर्माण तथा अभिनय रहेको फिल्म 'मास्टर्नी यतिबेला हलहरूमा प्रदर्शनरत छ ।

askhera banner.jpeg