काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ टिम यतिबेला फिल्मको प्रचारप्रसारमा अघि बढिरहेको छ । फिल्म रिलिजको लागि केहि दिनमात्रै बाँकी रहँदा दर्सकसमक्ष पुगेर सिधा सम्पर्क गर्ने र फिल्मको कथावस्तुबारे जानकारी गराउन निर्माण टिम अग्रसर छ ।

शुक्रबार परेको कृष्णअष्टमीको अवसर पारेर फिल्म निर्माण टिम राजधानीको बौद्ध रथयात्रामा सरिक भएको छ। फिल्मका मुख्य कलाकार सुशील सिटौला,पुस्कर राउत,फिल्म निर्देशक विनयराज पौडेल,तथा निर्माताहरुले रथ बोकेर स्थानीहरूलाई साथ र सहयोग पनि गरे ।

निर्देशक पौडेल भन्छन्,‘फिल्मको प्रदर्शन नजिकिँदै गर्दा अब प्रमोसनको कामलाई अगाडी बढाउन थालेका हौँ, सिधा दर्शकसँग साक्षात गरेर कथावस्तु जानकारी गराउँदै हलमा आउन आग्रह गर्दैछौँ ।' बिहिबार मात्रै यस फिल्मकी अभिनेत्री नेन्सी खड्का नुवाकोटका विभिन्न स्थानमा बाढीपिडितलाई राहतका सामाग्री बाँडेर फर्किएकी थिइन्।
यो फिल्ममा नेन्सी खड्कासँगै सुशील सिटौला,सुशील पोखरेल,उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत,रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायांकन रहेको यस फिल्ममा गौतम खड्काले सम्पादन गरेका छन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन्।