शनिवार, भाद्र २० गते २०८३

'गौंथली'ले कमायो साढे २५ करोड, फ्लपको बाटोमा 'मास्टर्नी'

आइतबार (भदौ १४) सम्म उक्त फिल्मले ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री हुँदा २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कलेक्सन छ ।

सोमवार , भाद्र १५, २०८३

काठमाडौं। ब्लकवस्टर फिल्म 'गौथली'ले नेपाली बक्सअफिसमा साढे २५ करोडमाथिको विजनेस गरेको छ । चलचित्र विकास बोर्डले उपलब्ध गराएको विवरण अनुसार हिजो आइतबार (भदौ १४) सम्म उक्त फिल्मले ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री हुँदा २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कलेक्सन छ ।

boxoffice.jpg

यस्तै भदौ ५ गतेबाट प्रदर्शनमा आएको प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’ भने दोस्रो हप्ता चलिरहँदा हालसम्म ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । जम्मा ११ हजार ९९६ वटा टिकट बिक्री भएका छन्। करोड माथिको लगानीमा बनेको फिल्मले लगानी उठाउने संभावना लगभग सकिएको छ ।

jadau banner.jpg

baa ek yoddha.jpg

त्यस्तै, साउन २२ गते प्रदर्शनमा आएको फिल्म ‘हली’ले २३ लाख ११ हजार २७० रुपैयाँ र साउन २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लज्जावती’ले हालसम्म ७ लाख ७५ हजार ४७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

askhera banner.jpeg