शनिवार, भाद्र २० गते २०८३

हरिहर र नीताले अर्थमन्त्रीलाई बुझाए ११ लाख, लाइफटाइमको ५ प्रतिशत दिने घोषणा

सोमवार , भाद्र १५, २०८३

काठमाडौं। पूर्वघोषणा अनुसार फिल्म 'पार्वती'को पहिलो दिनको विजनेसबाट संकलित ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिएको छ । सोमबार निर्माता हरिहर अधिकारी, निर्देशक नीता ढुङ्गानासहितको टिमले अर्थमन्त्री भेटेर चेक हस्तान्तरण गरेको हो ।

jadau banner.jpg

रिलिजको दिन शुक्रबार देशभरबाट घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताले पाउने कुल रकम ११ लाख ३ हजार २७० रुपैयाँ कोषमा जम्मा गरिएको हो । निर्देशक ढुङ्गानाले आफुले यो कल्पनिय घटनामा परेका पीडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताईन्।

askhera banner.jpeg

निर्देशक ढुंगानाले आफूले पैसा कमाउन मात्र नभएर कर्मको लागि पनि भोटेकोशी बाढी पीडितलाई रकम प्रदान गरेको बताईसकेकी छन्। निर्माण टिमले फिल्मको लाइफटाइम कलेक्सनबाट निर्मातालाई आउने ५% पनि बाढी प्रभावितको लागि उपलब्ध गराउने घोषणा गरेको छ । 

निर्देशक ढुङ्गानाकै मुख्य भुमिका रहेको यो फिल्ममा अशोक दर्जी,दीपाश्री निरौला, सिरु विष्ट,राज पंगेनी शर्मा, राजेन्द्र नेपाली,आशा पौडेल,दिप्त प्रकाश अधिकारी, राधिका कँडेल लगायतको अभिनय छ ।