शनिवार, भाद्र २० गते २०८३

‘झिंगे दाउ २’ को 'जेठानी-देउरानी' मा केकी र आँचलको जुहारी !भिडियो

शुक्रवार , भाद्र १९, २०८३

काठमाडौं।  आगामी असोजको २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'झिंगे दाउ २'मा समावेश तीज लक्षित गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा ‘जेठानी भर्सेस देउरानी’ ब्याटल देखाइएको छ । 

jhingedau 2 banner.jpg

अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको दोहोरी ब्याटल समावेश गीतमा शब्द ढेट नेपाली सुनिन्छन् । गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ । यो फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छन् ।

askhera banner.jpeg

गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

jadau banner.jpg

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे छन् ।

फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । हिट फिल्म 'झिंगेदाउ'को सिक्वेलको रूपमा 'झिंगेदाउ २' बनेको हो ।