शनिवार, भाद्र २७ गते २०८३

'अन्तिम दाउ'बाट बिजु पार्कीको निर्देशनमा डेब्यू, रहस्यमयी पोस्टर सार्वजनिक

मंगलवार , भाद्र २३, २०८३

काठमाडौं । नयाँ नेपाली चलचित्र 'अन्तिम दाउ' को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुई फरक पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण सुरू भएको जानकारी दिएको हो ।

long ad.jpeg

फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने यो चलचित्रलाई बिजु पार्कीले निर्देशन गर्ने छन् । यो उनको डेब्यू निर्देशन रहनेछ । सार्वजनिक पोस्टरहरूले चलचित्र एक्सन र थ्रिलर जनरमा आधारित रहेको संकेत गर्छन । 

jhingedau 2 banner.jpg

यो चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र  बिमल पुरीको मुख्य अभिनय रहनेछ । चलचित्रको सह–निर्मातामा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा रहेका छन्।

askhera banner.jpeg

कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन् । प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी छन् । प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन् ।

jadau banner.jpg

रामप्रसाद चौधरीको सम्पादन रहने चलचित्रमा डीओपी संगम राईको रहनेछ । श्रीराम बालाजी फिम्सको वितरण रहने सिनेमाको पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेको छ । निर्माण पक्षले चलचित्र छिट्टै नै फ्लोरमा जाने बताएको छ ।

1642_228.jpg

चिफ असिस्टेन्ट डिरेक्टरमा अनिश बुढाथोकी, असिस्टेन्ट डिरेक्टरमा मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा छन् । कलरिस्ट कुणाल कुँवर छन् । एक्सनमा राजु डोङ, भिएफएक्समा सज्जल लोप्चन, मेकअप र कस्ट्युम डिजाइनर ज्योति केसीको रहनेछ ।