शनिवार, भाद्र २७ गते २०८३

एसिया प्यासिफिक स्कृन अवार्डमा ‘एलिफेन्ट इन द फग’ उत्कृष्ट तीन विधामा मनोनयन

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्कृन अवार्डको तीन विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएको मनोनयन सूची सार्वजनिक गरेको हो ।

karki saila banner.jpg

‘एलिफेन्ट इन द फग’ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको एसिया प्यासिफिक स्कृन एकेडेमीले जनाएको छ । यस वर्षको सूचीमा विभिन्न देशबीचको सहकार्य पनि उल्लेखनीय देखिएको छ । ‘एलिफेन्ट्स इन द फग’ले जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेसँग सहकार्य गरेको छ।

 jhingedau 2 banner.jpg

उक्त अवार्ड अस्ट्रेलियामा अक्टोबर ३० मा हुनेछ । ‘एलिफेन्ट्स इन द फग’ले नेपाल प्रदर्शनमा उत्कृष्ट समीक्षा र दर्शकको सकारात्मक वर्ड अफ माउथ पाइरहेका बेला इन्टरनेसनल फिल्म फेस्टिभलबाट सुखद समाचार आएको निर्माण पक्षले बताएको छ ।

long ad.jpeg

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

jadau banner.jpg

निर्देशक अविनाश विक्रम शाहको पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।