शनिवार, भाद्र २७ गते २०८३

आपराधिक कथामा बन्यो 'कालमाण्डू': प्रेमिल गीतसँगै प्रदर्शन मिति घोषणा

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं। एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म 'कालमाण्डू' आगामी पुस २४ गतेबाट प्रदर्शन हुनेछ । निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।

karki saila banner.jpg

सार्वजनिक गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको छ भने रमेश देवकोटाले शब्द लेखेका हुन् । यो गीतको सार्वजनिक भिडियोमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन् । गीतमा उनीहरु राधाकृष्णको भूमिकामा प्रस्तुत छन् । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको डीओपी तथा सम्पादन रहेको छ।

long ad.jpeg

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई सयनम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्ममा काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए ।

jhingedau 2 banner.jpg

निर्देशक अधिकारीका अनुसार फिल्ममा १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको एक दाजु कसरी अपराधीहरूको संसारमा फस्छ र बहिनीलाई खोज्ने क्रममा कस्ता खतरासँग भिड्छ भन्ने देखाउन खोजिएको छ ।

jadau banner.jpg

यो फिल्ममा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।