शनिवार, भाद्र २७ गते २०८३

'पार्वती' कलेक्सन डेढ करोडमाथि, २६ करोडको दौडमा 'गौंथली' |बक्सअफिस

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । चलचित्र विकास बोर्डले साताव्यापी बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो हप्ता रिलिज भएको फिल्म 'पार्वती'ले पहिलो हप्ता डेढ करोडमाथिको ग्रस बिजनेस गरेको छ ।

box office collectionn.jpg

सार्वजनिक तथ्यांकअनुसार 'पार्वती'को आइतबारसम्म ५४ हजार ७ सय ३५ टिकट बिक्री हुँदा १ करोड ५८ लाख ८४ हजार १ सय ३६ रुपैयाँ ५ पैसा कलेक्सन छ । जनैपुर्णिमा तथा रक्षाबन्धन पर्वको अबसरमा यो फिल्म प्रदर्शनमा आएको थियो ।

jhingedau 2 banner.jpg

'मास्टर्नी'
अभिनेत्री प्रियंका कार्कीको निर्माण तथा अभिनय रहेको यो फिल्मले हालसम्म ४० लाख १५ हजार १ सय ९९ रुपैयां ६८ पैसा ग्रस बिजनेस गरेको छ । गत भदौ ५ मा रिलिज भएको यो फिल्मले १२ हजार १ सय ५७ टिकट बिक्रीबाट यो बिजनेस गरेको हो । फिल्म नेपाली बक्सअफिसमा फ्लप बनिसकेको छ ।

askhera banner.jpeg

'हली'
साउन २२ मा प्रदर्शनमा आएको यो फिल्मले हालसम्म ८ हजार ५ सय २५ टिकट बिक्री हुँदा २३ लाख २४ हजार २ सय ७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्म घरेलु बक्सअफिसमा फ्लप बनिसकेको छ ।

jadau banner.jpg

'गौंथली'
सर्वकालिन ब्लकवस्टर बनेको यो फिल्मले प्रदर्शनको ५१ औं मनाइसकेको छ । हालसम्म पनि ३ दर्जनबढि हलमा प्रदर्शनको क्रममा छ । बोर्डको तथ्यांकअनुसार फिल्मले हालसम्म ९ लाख ३० हजार ७ सय ४४ टिकटबाट २५ करोड ८६ लाख २८ हजार ६ सय १५ रुपैयाँ २ पैसा कलेक्सन गरेको छ । फिल्मले २६ करोडको आंकडा छुने शंभावना जिवित छ ।